Quantcast
Channel: Article – Tamu Samaj, Tamu History, Tamu Culture, About Tamu, Gurungs
Viewing all articles
Browse latest Browse all 11

विचलन र बहसको चर्चा –गुमबहादुर गुरुङ

$
0
0

 

विचलन र बहसको चर्चा

सामान्यतया बाहिरबाट सरसर्ती हेर्दा गुरुङ् समुदाय बौद्धमार्गीझैं देखिन्छन तर सँस्कारहरु सम्पन्न गर्दा गर्ने गरेका कृयाकलाप हेर्दा बोनमार्गी देखिन्छन। यसरी तिब्बतीयन भाषामा लेखिएका ग्रन्थ अनुरुप लामाहरुद्धारा भईरहेका सँस्कारगत कार्य र पच्यु क्ल्हेप्रीका गुरुङ भाषामा पढिने सँस्कारगत कार्य दुवै प्रचलनमा देखिन्छ। दुवै प्रकारका सँस्कारबाट प्रभावित गुरुङ समुदायमा बौद्धमार्गी हौं भन्ने बीच केही बर्षदेखि व्यापक बहस चल्दै आएकोमा अचेल स्पष्ट हुँदै आएको छ। गुरुङ समुदायका नाममा खुलेका थुप्रै संस्थाहरुले भ्रम सिर्जना गरेको र बुद्धिजीवीहरुबाट स्पस्ट दिशा प्राप्त हुन नसकेको तथ्य सँस्कारगत बिषयमा चासो राख्न्ने सबैले बुझ्दै आएका छन। य

 

स प्रकार प्रारम्भमा खुलेका संस्थाका संस्थापक बुद्धिजीवीहरुले गुरुङ समुदायको वास्तविक धर्म, सँस्कार र सँस्कृतिलाई खोजतलास गरी किटानी साथ मौलिकता पहिचान गरी खेगीहरुको राष्ट्रिय भेला ईत्यादी आयोजना गरी समुदायको सर्वमान्य स्पस्ट मार्ग अवलम्बन गर्दै प्रचार-प्रसार गर्नुपर्नेमा त्यसो हुन सकेन। सुरुआतमा प्रारम्भिक दौरका बुद्धिजीवीहरुको सर्वसम्मत ठोस निर्णय हुन नसक्दा र मौलिकतायुक्त सक्षम नेत्रित्व अगाडि नआउँदा विवाद र भ्रमको व्यापक अन्योल बढ्यो र गाउँ गाउँ, डाँडाकाँडा, जिल्लाजिल्लाका स्थानीय बुद्धिजीवी तथा खेगीहरुबीच व्यापक बहस तथा अन्तरसंवाद सुरु भयो, फलस्वरुप थुप्रै प्रकारका गुरुङ संस्था विभिन्न नाम र उद्देश्य लिएर खुल्न थाले। वैचारिक एकताको संकट आयो। यस प्रकार खुलेका संघसंस्थाका बारेमा जानकारी हुँदाहुँदै पनि केन्द्रीय भनाउँदा काठमांडौ बस्ने बुद्धिजीवीहरुबाट एकरुपता दिने र वास्तिक बाटो किटान गरी अन्योल हटाउने काम हुनसकेन झन उल्टो के भयो भने केन्द्रीय बुद्धिजीवीहरु सबै खाले संघ संस्थाका कार्यक्रममा उदघाटन गर्न र प्रमुख आतिथ्यता ग्रहण गर्न पुगे। यसले झन अन्योल बढ्यो आफ्नो स्पस्ट धारणा राख्न्न नसकेर उपस्थितिअनुसार भाषण गरे।

 

यसरी यस्तो हुन गएकाले मात्र नभई अर्कोतर्फ हाम्रा खेगीले पनि आफ्नो प्रचार-प्रसार गरेर नेत्तृत्वदायी भूमिका खेल्न नसक्नु पनि विडम्बना नै भयो। खेगीले जेसुकै भनून व्यक्तिको इच्छा र लहडमा बौद्ध सँस्कार र बोन सँस्कार चलनचल्तीमा देखिन थाल्यो। यस प्रकारको धार्मिक विचलनका कारण तराई क्षेत्रमा बसोबास गरेका गुरुङ्हरुले प्रारम्भमा धमाधम गुम्ब बनाउन सुरु गरे। थुप्रै ठाउँमा गुम्बा निर्माणका क्रममा गुरुङ समुदायले यथासम्भव आर्थिक सहयोग गरे। एउटै निर्माण कार्यमा पटक-पटक चन्दा दिएका छन। एक ठाउँको गुम्बा निर्माणमा मात्रा नभई अन्य अन्य जिल्लाका निर्माणधीन गुम्बाका निम्ति पनि आर्थिक सहयोग गरेका छन।

 

 

यस प्रकार सहयोग गर्दागर्दा थाकेका गुरुङ समुदायले त्यसरी बनाएका गुम्बामा गुरुङ समुदायकै खेगी पच्यु क्ल्हेप्रीद्धारा सम्पन्न गरिने सँस्कारगत किरियाकर्म गुम्बामा गर्न नपाईने भयो र बौद्धमार्गी लामाहरुले प्रभुत्व बढी नै चाल्दा चलाउँदा गुरुङ समुदायको ठुलो सँख्यामा निराश छायो। गुम्बा बनाउन कस्सिने संस्थामध्ये एक तमु छोँज धीँ को कतिपय ठाउँमा आफ्नो कार्यालय मात्र होइन कि साइनबोर्ड समेत बन्न सकेन। यस तमु छोँज धीँप्रति ठुलो विश्वासका साथ लागेका व्यक्तिहरु संस्थाले नेत्रित्वदायी एकता र पच्यु क्ल्हेप्रीको विध्याका बारेमा ठोस संरक्षणदायी भूमिका खेल्न सकेन र त्यस्ता व्याक्तिहरु निराश भए। हाल राष्ट्रव्यापी रुपमा स्वतस्फूर्त चलेको गुरुङ समुदायको धर्म को बहसपछि निसन्देह निकासोन्मुख निचोड हो- पच्यु क्ल्हेप्रीद्धार सम्पादन हुने संस्कारको वैज्ञानीक संरक्षण र खेगी व्यवस्थापन। स्पस्ट तथा शास्त्रमा उल्लेखित प्रचलित सँस्कार तथा परम्परालाई सर्वमान्य परिमार्जन गर्दै समाजलाई डोर्‍याउनु आजको आवश्यक्ता हो। कुनै विशेष समुदायले परापुर्व कालदेखि मान्यता प्रदान गरेका सामाजिक सँस्कारहरुलाई नयाँ संविधान बनाएर लागू गरे जस्तो गर्न सकिन्न। राष्ट्रिय अधिवेशन जस्तो कार्यक्रम आयोजना गरेर सँस्कार संशोधन गरे तापनि थुप्रै विवाद धेरै समयसम्म चलिरहन्छ। छिटो ग्रहण हुन सक्तैन, समय लाग्छ। सँस्कार, सँस्कृति र सभ्यताजस्ता परम्परागत व्यबहार परिवर्तन हुन धेरै समय लाग्छ। यस्तो परिवर्तन समुदाय र समयको आवश्यकता, चाहनअनुसार क्रमिक परिवर्तन गर्दै लान्छन। अतस् तमु प्ये ल्हु संघको उद्देश्यसँग असहमत व्यक्तिहरुले समयको प्रवाह र सामाजिक आवश्यकता तथा चाहनाको मर्यादा राख्दै समयसापेक्ष परिवर्तन हुँदै जानेछन भन्ने समाज-विज्ञानको सिद्धन्तलाई विश्वास गर्नैपर्ने हुन्छ। वास्तवमा अहिले गुरुङ समुदायका बुद्धिजीवीहरुबीच चलेको धार्मिक बहस अत्यन्त निचोडको अवस्थामा पुगेको छ। मौलिकतालाई नछोड्ने तर लचिलो भएर समय सापेक्ष वैज्ञानीक परिमार्जन गर्दै जाने बहुमतीय आवाज व्यापक भएको अवस्था छ। निश्चय पनि यस्ता बहसबाट हाम्रा समाज विज्ञानीहरु मात्र नभई खेगी समुदायले पनि आफुलाई अवश्य आत्मसात गर्दै समाजलाई डोर्‍याउने छन भन्ने विश्वास आम सर्वसाधारण गुरुङ्हरुमा रहेको छ।

 

 

गुमबहादुर गुरुङ

भैरहवा

सर्वधिकार लेखकमा सुरक्षित

 


Viewing all articles
Browse latest Browse all 11

Latest Images

Trending Articles



Latest Images